भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १, दुधपाटीमा अवस्थित ११९ वर्ष पुरानो इतिहास बोकेको नेपाल कै दोस्रो जेठो अस्पताल हो । यो अस्पताल बि.सं. १९६१ साल असार १७ गते १५ शैयाको “श्री चन्द्रलोक डिस्पेन्सरी” नामबाट स्थापना भएको थियो । बि.सं. २०२८ सालमा ५० शैयामा विस्तार भई जिल्ला स्तरिय अस्पतालको रुपमा सेवा सुचारु भयो । बि.सं. २०५८ जेठ १९ गते इमर्जेन्सी सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण भई इमर्जेन्सी उपचार सेवा सो भवनबाट शुरु भयो । बि.सं. २०६० असार १७ गते शतबार्षिकी समारोहमा २५ शैयाको प्रशुती वार्ड निर्माण गर्ने संकल्प पारित भए अनुसार बि.सं. २०६१ भाद्र २८ गते २५ शैया प्रशुती सेवाको थप भई ७५ शैया संचालन भएको थियो । २०७६÷१२÷०३ गते अस्पताल व्यवस्थापन समितिले २५ वेड थप गरी १०० बेड र २०७७÷०४÷२५ गते संघिय मन्त्रालयको निर्णय अनुसार १०९ बेड थप गरि जम्मा २०९ बेड संचालनको लागि स्वीकृति प्राप्त भयो । कोभिड - १९ (कोरोना भाइरस)ले महामारीको रुप लिए पछि प्रदेश सर कारको निर्देशनमा कोभिडको बिरामीहरुको उपचार गर्नको लागि शुरुमा ६ बेडको (सघन उपचार कक्ष) क्ष्ऋग् संचालन भयो । पछि ६ वेडको सघन उपचार कक्ष अपुग भएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा १० वेड थप गरी १६ वेडको क्ष्ऋग् (सघन उपचार कक्ष), आइसोलेशन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारको लागि २० वेडको एक्ष्ऋग्रल्क्ष्ऋग् सहित १८८ शैया संचालन भइरहेकोमा हाल अस्पतालको भवनको रेट्रोफिटिङ तथा मर्मत सम्भारका कारण ६ वेड आइ.सि.यु., १० वेड एच.डि.यु. र ५ वेड एन.आइ.सि.यु. लगायत अन्य वार्डका शैयाहरु गरी ८६ शैयाहरु संचालन गर्न सकेको अवस्था रहेको छ । पुनः केही महिनापछि सम्पूर्ण शैयाहरु संचालनमा आउने छ । साथै हाल बागमती प्रदेश सरकारबाट ३०० शैयामा स्तरोन्नतीको गरिएको छ ।