वेलनेस क्लिनिक

वेलनेस क्लिनिकको मुख्य उद्देश्य व्यक्तिको समग्र शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य प्रवर्द्धन गर्नु हो। यस क्लिनिकमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन, पोषण तथा आहार परामर्श, शारीरिक गतिविधि र योग/ध्यानसम्बन्धी सुझाव, तौल व्यवस्थापन, तनाव न्यूनीकरण तथा स्वास्थ्य शिक्षा जस्ता सेवाहरू प्रदान गरिन्छ। रोग लागेपछि उपचार गर्ने मात्र होइन, रोग लाग्न नदिनु नै वेलनेस क्लिनिकको मुख्य लक्ष्य हो। यसले व्यक्तिलाई स्वस्थ, सक्रिय र सन्तुलित जीवनयापनतर्फ प्रेरित गर्दछ।